विवेकशील साझा पार्टीले प्रदेश सांसद पौड्यालसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटायो

 चैत १, २०७८ मंगलबार १२:४५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विवेकशील साझा पार्टीले २६ जनालाई केन्द्रीय सदस्यबाट हटाएको छ ।

गएको फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वाग्मती प्रदेश सांसद समेत रहेका रमेश पौड्यालसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो ।

चार वटा केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित रहेको र लेभी नबुझाएको विवेकशील साझा पार्टीले जनाएको छ । 

गएको साउनमा अध्यक्ष रवीन्द्र मिश्रले सङ्घीयता र धर्मनिरपेक्षताको विषयमा जनमत सङ्ग्रह गर्नुपर्नेसहितको धारणा सार्वजनिक गरेपछि साझा पार्टीभित्र विवाद सुरु भएको थियो । 

मिश्रले किर्ते गरेर आफ्नो पक्षमा बहुमत पुर्याएको भन्दै मिलन पाण्डे समूह अदालत पुगेको छ ।

केन्द्रीय सदस्यबाट हटाइएका २६ जनाको नाम 

१. अनुषा थापा

२. आशुतोष तिवारी

३. कमलेश्वर प्रसाद पाठक

४. केशव दाहाल

५. चण्डिका तिमिल्सिना

६. चन्द्रिका सिग्देल

७. दुर्गा खत्री कार्की

८. धर्म मानन्धर

९. पुकार बम

१०. भरतराज पन्त

११. भूपदेव शाह

१२. मनिष खनाल

१३. मुना अधिकारी

१४. रमेश पौड्याल

१५. रविना अम्गाई

१६. राज्यलक्ष्मी श्रेष्ठ

१७. रामपुकार महरा

१८. लक्ष्मी अधिकारी

१९. विमल तामाङ

२०. शिशिर बन्जारा

२१. सरोज प्रसाद गौतम

२२. सिर्जना खड्का

२३. सुदन मानन्धर

२४. सुरेश अर्याल

२५. सुरेश भट्ट

२६. हरिशप्रसाद भट्ट

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया