अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय महाराजगञ्जमा आज मङ्गलवार दिउँसाे भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवम् चासोका विषयमा विचार–विमर्श भएको थियो । भेटमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
नेपाल र साउदी अरेबियाबीच १५ मार्च १९७७ मा कुटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचको सुमुधर सम्बन्ध उच्चस्तरमा हुने यस्ता भ्रमणले अझ सुदृढ हुँदै गएको छ भने शान्तिपूर्ण सहअस्तित्व, मैत्री र सहयोगका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध घनीभूत हुँदै गएको छ । दुवै देशले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तप्रति प्रतिबद्ध प्रतिबद्धता र निष्ठा व्यक्त गरेका छन् र मानव जातिको साझा हितका लागि उक्त विश्व संस्थालगायत अन्य अन्तर्राष्ट्रिय मञ्चमा मिलेर काम गर्दै आएका छन् ।
एक दशकअघि साउदी अरबमा नेपाली कामदारले रोजगारीका अवसर पाएपछि दुई देशका जनताबीचको सम्बन्ध विस्तारै बढ्दै गएको छ । चार लाखभन्दा बढी नेपालीले साउदी अरबमा श्रम गरिरहेको वर्तमान सन्दर्भमा भएको विदेश मन्त्रीको भ्रमणले नेपाली आप्रवासी कामदारका सेवासुविधा र अवसरमा बढोत्तरी हुने अपेक्षा गरिएको छ । नेपालीको कामप्रतिको समर्पण, निष्ठा, इमान्दारिताको साउदीका जनताले सराहना गरेका छन् जसले रोजगारीको सम्भावनालाई बढाएको छ । कोभिड–१९ को महामारीका बेला पनि साउदी सरकारले उदारतापूर्वक नेपाली कामदारलाई आवागमनलगायत काममा सहजीकरण गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।