अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासङ्घसँग गरिएको ५५ बुँदे सहमति सङ्घीयता विरोधी नभएको दाबी गर्नुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शिक्षक महासङ्घका मागहरू अघि बढाउने क्रममा सङ्घीय प्रणालीलाई हस्तक्षेप हुने गरी कुनै पनि प्रकारको सहमति नगरेको बताउनुभएको हो । उहाँले शैक्षिक क्षेत्रको सुधारका लागि स्थानीय तहको अधिकार सङ्घले नलिने गरेर कानुनी प्रावधानहरूको व्यवस्था गर्न लागेको बताउनुभयो ।
मन्त्री पौडेलले केही सञ्चारमाध्यमले स्थानीय पालिकालाई दिएको अधिकार सङ्घले फेरि फिर्ता लिन खोजेको भन्ने कुराप्रति लक्षित गर्दै संविधान, कानुनले स्थानीय तहलाई दिएको सङ्घीयतासँगको कुनै पनि अधिकार सङ्घ वा शिक्षा मन्त्रालयले नलिने दाबी गर्नुभयो । उहाँले आउँदाे वर्षदेखि प्रदेशमा परीक्षा बोर्ड स्थापना गरी एसईईको परीक्षा लिने प्रक्रिया अघि बढाएको बताउनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘कुनै पनि प्रकारको स्थानीय तहको अधिकार सङ्घले लिन चाहँदैन । सङ्घमा रहेको अन्य थप अधिकार पनि स्थानीय तह र प्रदेशलाई दिने गरेर कानुनी प्रावधानको व्यवस्था गर्दैछौँ । शिक्षक महासङ्घका कतिपय मागलाई अघि बढाउँदा सङ्घीय प्रणालीलाई तल–माथि हुने गरेर कानुन उल्लङ्घन गर्ने कुनै पनि प्रकारको सम्झौता, सहमति हामीले गरेका छैनौँ ।’
मन्त्री पौडेलले नेपालमा केही वर्षयता सार्वजनिक विद्यालयहरूमा शिक्षाको गुणस्तर कमजोर रहेको म्यासेज आइरहेको भन्दै सरकार अब सार्वजनिक विद्यालयलाई गुणस्तरयुक्त बनाउनेतर्फ अग्रसर भएको बताउनुभयो । सबैले सार्वजनिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार्नका लागि सङ्कल्प गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री पौडेलले शिक्षकहरूले विद्यालयमा मेहनत नगरेसम्म विद्यालयहरू सुध्रिन नसक्ने भन्दै शिक्षकहरूले आफ्नो सक्रियता बढाउन पनि आग्रह गर्नुभयो । उहाँले सार्वजनिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक महासङ्घले उठाएका जायज मागहरू पूरा गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो । मन्त्री पौडेलले आउँदा वर्षहरूमा सार्वजनिक विद्यालयहरूबाट सक्षम जनशक्ति उत्पादन गर्ने हिसाबले मन्त्रालय अघि बढेको पनि बताउनुभयो ।
मन्त्री पौडेलले शिक्षा मन्त्रालय, शिक्षा मन्त्रालयमा काम गर्ने कर्मचारी, देशभरको शिक्षा प्रणालीको नियमन गर्ने शिक्षा तथा मानव स्राेत महाशाखा, शिक्षक सेवा आयोग, शिक्षासँग सम्बन्धित सबै निकायहरूलाई जोडेर एकीकृत शिक्षा सुधारको परियोजना अघि बढेको बताउनुभयो । उहाँले शिक्षकहरूको आन्तरिक कुराको व्यवस्थापन र १८ हजार शिक्षकको दरबन्दी पूरा गर्न प्रक्रिया अघि बढिसकेको दोहोर्याउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।