दुबईमा मधेशी एकता समाजको ‘होली रङ्गोत्सव’

 चैत १, २०७८ मंगलबार २०:२६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

विदेशमा बसोवास गर्ने नेपालका मधेशी समुदायको छाता सङ्गठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा धुमधामका साथ कार्यक्रम आयोजना गरी गएको आइतवार होली मनाएको छ । ‘होली रङ्गोत्सव’ नाम दिइएको कार्यक्रममा यूएईमा वैदेशिक रोजगारीमा रहेका  तीन सयभन्दा बढी मधेशीले सहभागिता जनाएका थिए ।

समाजका अध्यक्ष मुकेश झाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि यूएईमा रहेको नेपाली दूतावासका द्वितीय सचिव भुवन ओझा हुनुहुन्थ्यो । द्वितीय सचिव ओझाले यूएईमा रहेका नेपालीहरूले होली महोत्सव आयोजना गर्नुले दूतावासलाई गौरवान्वित बनाएको बताउनुभयो । 

त्यस अवसरमा उनीहरूले रङ्ग, अबीर साटासाट गरेर र मिठा परिकार खाएर होली मनाएका थिए । यस्तै त्यस अवसरमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । 

कार्यक्रममा कलाकारहरू सन्तोष सहनी, आरती चौधरी, अंकिता शर्मा, ब्रजेश सिंह, राम यादव, दिनेश साह, प्रमिला रिजाल, सलामत, इन्द्र सेन्चुरी, देव श्रेष्ठ र नेपाली बोय्ज टिमले आफ्ना गायन तथा नृत्य प्रस्तुत गरेका थिए । 

यसअघि समाजका संस्थापक डा. रविन्द्रकुमार यादवको नेतृत्वमा सन् २०१६ मा यूएईमा रहेका मधेशीहरूले होली मनाएका थिए । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया