किम जोङ उनसँगको वार्ताका लागि दक्षिण कोरियाली राष्ट्रपति सिधा उडानबाट प्योङ्याङ जाने

 भदौ ३०, २०७५ शनिबार ६:४१:४९ | रासस
unn.prixa.net

दक्षिण कोरियाका राष्ट्रपति मून जेई इन कोरियाली शिखर वार्ताका लागि सिधा उडानमार्फत् वार्तास्थल जाने भएका छन् । 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि उनी सिधा उडानबाट पश्चिमी सामुद्रिक सीमा क्षेत्र पार गरेर जाने भएका हुन् ।दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शुक्रबार दिएको जानकारी अनुसार मून र उनको प्रतिनिधि मण्डल शिखर वार्ताका लागि उत्तर कोरियाको राजधानी प्योङयाङ जान लागेको छ । 

दुई शीर्ष नेताहरुबीच यही सेप्टेम्बर १८ देखि २० तारिख सम्म प्योङ्याङ्मा वार्ता गर्ने तयारी भएको छ । 

शीर्ष नेताहरुको वार्ता अगाडि दुवै देशका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुने कार्यतालिका रहेको छ । सो वार्ताका लागि दक्षिण कोरियाली वरिष्ठ अधिकारीहरुको टोली भने सेप्टेम्बर १६ तारिखमा उत्तर कोरियामा अवतरण गर्नेछ । 

शिखर वार्ता अन्तर्गत सवैभन्दा महत्वपूर्ण मानिने शीर्ष नेताहरुको पहिलो भेटवार्ताको प्रत्यक्ष प्रसारण गर्न दुवै पक्ष सहमत भएका छन् । उनीहरुबीच झण्डै पाँच घण्टा वार्ता हुने बताइएको छ । स्थानीय समय अनुसार दिउँसो २ बजेपछि सुरु हुने भेटवार्ता कुनै विश्राम बिना निरन्तर चल्ने कार्यतालिका छ । 

शीर्ष नेताहरुको छलफलका एजेण्डाहरुका बारेमा भने अहिलेसम्म विस्तृतमा जानकारी नगराइएको समाचारमा जनाइएको छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया