काठमाण्डौको फोहोर उठाइसक्न अझै एक हप्ता लाग्ने

 चैत २, २०७८ बुधबार १०:७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाण्डौ उपत्यकाको सडक, चोक र गल्लीहरुमा फोहोर थुप्रिएको छ । 

एक हप्ता भन्दा बढी समयदेखि थुप्रिएको फोहोर कुहिँदा दुर्गन्ध बढेर हिंडडुल गर्न समेत समस्या भएको छ । विभिन्न चोकहरु फोहोरको दुर्गन्धका कारण केहीबेर गाडी कुर्न पनि समस्या भएको छ । पैदलयात्री तथा व्यवसाय गर्नेहरुले पनि उस्तै समस्या झेलिरहेका छन् । 

काठमाण्डौ महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि सडकमा ननिकाल्न आग्रह गरेको भएपनि सडकमा फोहोरको डङ्गुर नै लागेको छ । 

फोहोर थुपार्दै आएको सिस्डोलका बासिन्दाले सडक कालोपत्रे, जोखियमुक्त बस्ती स्थानान्तरण लगायतका माग राखेर फोहोर बोकेका गाडी रोकेका हुन् । आन्दोलनरतपक्ष र काठमाण्डौ महानगरपालिकाबीच हिजो भएको छलफलपछि फोहोर उठाउन थालेको र हिजो ७० ट्रक फोहोर सिस्डोल पुर्याएको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता इश्वरमान् डङ्गोलले बताउनुभयो । 

सिस्डोलबासीको समस्या समाधानको लागि काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा अध्ययन टोली बनाउने सहमती भएको र अध्ययन टोलीको सुझावका आधारमा समस्या समाधान गर्ने प्रवक्ता डङ्गोलले बताउनुभयो । तर काठमाण्डौका सबै ठाउँको फोहोर उठाइसक्न झण्डै एक हप्ता लाग्ने पनि उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: जेठ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया