महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त छ : मेयर शाक्य

 चैत २, २०७८ बुधबार १३:३६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेकाे बताउनुभएकाे छ । आज बुधवार मेयर शाक्यले काठमाण्डाै महानगरपालिकाकाे माइतीघरमा रहेकाे आकाशे पुलको उद्घाटन उहाँले यस्ताे बताउनुभएकाे हाे । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेकाे तर सडकका पेटी सानो भएका कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘ महानगरसँग नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटी साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या छ । आवश्यक ठाउँमा वडाध्यक्षले सिफारिस गरेअनुसार आकाशे पुल बनाउन हामी तयार छाैँ ।’

मेयर शाक्यले आकाशे पुल निर्माण अभियानअन्तर्गत हरेक वर्ष महानगरले आठ/नाै करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताउनुभयो । उहाँले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताउनुभयो ।

मेयर शाक्यले माइतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेहरूका लागि सहज हुने विश्वास पनि व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया