दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
बाँके – कृषि पेसाबाट पलायन भएका किसानहरू स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि फेरि कृषिमा फर्किएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका ७ फत्तेपुरका किसानहरू पुरानो प्रविधिबाट खेती गर्दा उत्पादनमा कमी भएपछि मजदुरी पेसामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँकेले ७ नम्बर वडामा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि किसानहरू फेरि कृषि पेसामा फर्किएका हुन् ।
याे गाउँपालिका कृषि पेसामा होमिएको ठाउँ हो । तर पुरानै विधि र प्रविधि अपनाएर कृषि गर्दा उत्पादनमा कमी आएको थियो । लगानी र मेहनत धेरै लाग्ने तर उत्पादन कम भएका कारणले किसानहरू कृषि पेसाबाट पलायन भइ दैनिक ज्यालादारी मजदुरी काममा लागेका थिए । नेपाल सरकारले २०७५ सालदेखि बाँके जिल्लामा कृषि ज्ञान केन्द्रमार्फत स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरेपछि किसानहरू उत्पादन देखेर फेरि कृषि पेसामा फर्किएका हुन् ।
कृषि उत्पादनका लागि कृषि ज्ञान केन्द्रले हरेक सिजनमा र हरेक बर्खामा किसानहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री दिने र प्याकेट क्षेत्रका लागि मल, बिउ पूर्णरूपमा ज्ञान केन्द्रले दिएपछि थप हौसला आएको राप्ती सोनारी गाँउपालिका ७ फत्तेपुरका किसान चक्रबहादुर थारुले बताउनुभयो ।
बर्खामा धान, हिउँदेमा आलु मात्रै उत्पादन गरिरहेका किसानहरू २०७५ सालदेखि सबै महिना खेती गरिरहेका छन् । स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि अहिले फत्तेपुरका एक सय सात घरले सिजनअनुसार खेती गरिरहेका छन् । बर्खामा धान, हिउँदेमा आलु र तोरीका साथै वसन्तमा मकै खेती गरिरहेका छन् । तर नेपाल सरकारबाट स्वीकृत भएका मकै भारतीय मकैजस्तो उत्पादन नभएपछि उनीहरू भारतीय मकैको बिउमा निर्भर परेको फत्तेपुर स्मार्ट कृषि गाउँका किसान तथा सचिव खोज लालथारुले बताउनुभयो ।
तराईको भेग र बाँकेको माटो उर्बर भएका कारणले मकै उत्पादन निकै राम्रो भैरहेको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएदेखि नै फत्तेपुरका किसानहरू पूर्णरूपमा कृषिमा आबद्ध भएको कृषि ज्ञान केन्द्रका अधिकृत दिनेश भट्टराईले बताउनुभयो । यस क्षेत्रमा उत्पादन हुने चाँद, ताला ११ जिरो सात, जेपी पाँच सय दुई जातका मकै अहिले वसन्त सिजनमा नाै बिघा जमिनमा मकै खेती गरिएको अधिकृत भट्टराईले जानकारी दिनुभयाे ।
राप्ती सोनारी गाउँपालिकाले स्मार्ट कृषि गाउँका किसानहरूलाई आर्थिक सहयोग नगरे पनि प्राविधिक रूपमा किसानहरूले खबर गर्नासाथ सहयोग गर्दै आएको गाउँपालिकाकी कृषि प्राविधिक सुमित्रकुमारी थारुले बताउनुभयो । नेपाल सरकारले मान्यता दिएको मकै धेरै समय लाग्ने, घोघा लामो भए पनि कम दाना लाग्ने, धेरै अग्लो हुने र उत्पादनमा कमी आएका कारण किसानहरूले भारतीय मकैको बिउ लगाउने गरेको उहाँले सुनाउनुभयाे ।
वडास्तरमै स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि विदेश पलायन हुन लागेका युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर दिइ आत्मनिर्भर बनाउन र कृषि उत्पादनमा बढ्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।