काठमाण्डौ उपत्यकामा मौसम बदली, कतै मेघगर्जनसहित असिना पानी

 चैत २, २०७८ बुधबार १७:३६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा मौसम बदली भएको छ । आज बुधवार दिउँसोपछि मौसम बदली भएको हो । 

कतै–कतै मेघगर्जनसहित छिटफुट पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानीसँगै हल्का असिना पनि परेको छ । 

अहिले लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा पनि मौसम बदली भएको छ । ती ठाउँका एक/दुई ठाउँमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार प्रिमनसुनको यो बेला बेलुकी पख कतै–कतै हुरी बतास र असिनापानी पर्ने गर्छ । देशका अरू ठाउँको मौसम भने सामान्यतया सफा छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया