स्थानीय तह चुनावमा याेग्य उम्मेदवार छानेर जित्नुपर्छ : अध्यक्ष ओली

 चैत २, २०७८ बुधबार १९:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तह चुनावकाे तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ । 

आज बुधवार नयाँ बानेश्वरकाे संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता ओलीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले ६५ देखि ७० प्रतिशत जित हासिल गर्ने दाबीसमेत गर्नुभयो ।

संसदीय दलका नेता ओलीले स्थानीय तह चुनावकाे तयारीमा जुट्न निर्देशन दिनुभएको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा योग्य उम्मेदवार छान्न पनि सांसदहरूलाई सचेत गराउनुभएको थियो ।

प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘पार्टी अध्यक्ष ओलीले आजकाे बैठकमा एमालेले ६५ देखि ७० प्रतिशत सिटमा विजय प्राप्त गर्ने पूर्वानुमान राख्नुभएको छ । त्यसका लागि सांसदहरूले आशन ग्रहण खोजेर नेताजस्तो भएर नभइ, कार्यकर्ता जस्तो भएर, जनतासँग नङ मासुजस्तो सम्बन्ध कायम गरेर योग्य उम्मेदवारहरूलाई खडा गरेर, सकेसम्म सर्वसम्मतिका साथ उम्मेदवार छानेर हामीले यो चुनावमा विजय प्राप्त गर्नुपर्छ र त्यो अभियानमा सरिक हुन निर्देशन गर्नुभयो ।’

प्रमुख सचेतक भट्टराईले सत्तारुढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पास नगराउन र अदालतलाई गिजोल्ने मनशायका साथ ल्याएको दाबीसमेत गर्नुभएको थियो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया