गैँडाको आक्रमणबाट जोगिन दलदले पोखरीमा हाम फालेका सेनाका जवानको डुबेर ज्यान गयो

 चैत ३, २०७८ बिहीबार ७:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवनमा दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको ज्यान गएको छ ।

गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका जवान पवन कटुवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खोटाङ गाउँपालिका वडा नम्बर–४ घर भएका २६ वर्षका कटुवाल निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइलीमाइली पोस्टमा कार्यरत हुनुहुन्थ्यो ।

हिजो बेलुका निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा कटुवालले दलदल पोखरीमा हाम फाल्नुभएको थियो ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया