नियम उल्लङ्घन गर्ने मोटरसाइकलसहित ११६ वटा गाडी होल्ड

 चैत ३, २०७८ बिहीबार ११:७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - होलीलाई व्यवस्थित बनाउन भन्दै बिहानैदेखि काठमाण्डौ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहानैदेखि ट्राफिक नियम पालना नगर्नेलाई कारबाही थालिएको छ । लापर्बाही गरेर गाडी चलाउनेहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्न थालेको छ ।

बिहानदेखि अहिलेसम्म ट्राफिक नियम पालना नगर्ने ११२ वटा मोटरसाइकल र चार वटा चारपाङ्ग्रे गाडीलाई होल्ड गरिएको महाशाखाका प्रहरी उपरीक्षक एवम् प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिनुभयो ।

तीव्र गतिमा गाडी चलाउने, जाँड रक्सी खाएर गाडी चलाउने, हेल्मेट नलगाइ मोटरसाइकल चलाउने, मोटरसाइकलमा दुई जनाभन्दा धेरै चढ्ने तथा ठूलो आवाजमा गाडी कुदाउनेहरुलाई कारबाही थालिएको उहाँले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेर सुरक्षा जाँच गरिरहेको छ भने आजका लागि एक हजार ३ सय ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया