न्युजिल्यान्डद्वारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने तयारी

 चैत ३, २०७८ बिहिबार १२:२२:१८ | एजेन्सी
unn.prixa.net

न्युजिल्यान्डले पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने भएको छ ।

न्युजिल्यान्डले कोरोना भाइरसको महामारीका कारण लामो समय बन्द सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो ।

विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि नयाँ कदम चाल्नुपरेको र सीमा नाका खुल्ला गर्नुपरेको न्युजिल्यान्ड सरकारले जनाएको छ ।

बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकलाई प्रवेश खुल्ला गर्ने निर्णय भएको छ । आउँदो अप्रिल १३ देखि सीमा खुला गर्ने तयारी छ । न्युजिल्यान्डले सन् २०२० को मार्चमा आफ्नो सीमा बन्द गरेको थियो। 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया