अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – डेरी उद्योग तथा पसलहरूले दूधमा जथाभाबी सोडा, चिनी, साल्टहरूको प्रयोग गरेर बिक्री गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ ।
आज बिहीवार काठमाण्डाैमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्तो बताएको हो । कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्र विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले डेरी पसलहरूमा विना लेभलका दही, पनिरलगायतका उत्पादनहरू बिक्री भएको बताउनुभयो । उहाँले विना लेभलका दुग्धजन्य वस्तुहरू उत्पादन गर्दा गुणस्तरको सुनिश्चिता नदेखिने बताउनुभयो ।
महानिर्देशक वैद्यले विगतमा डेरी उद्योग तथा पसलहरूमा जथाभाबी रूपमा सोडा, चिनी, साल्टहरू प्रयोग भइरहेको पाइएकाले यस्ता काम गरेको भेटिएका कानुनअनुसार कडा कारबाही गर्ने बताउनुभयो । उहाँले विशेष गरेर गर्मी महिनामा यस्ता काम हुने गरेको बताउनुभयो ।
महानिर्देशक वैद्यले भन्नुभयो, ‘अनुगमनमा लेभल लगाउने, गुणस्तर नापसमेत भइरहेको छ । यदि कसैले घरेलुस्तरमै डेरी चलाइरहनुभएकाे छ भने त्यहाँ अतिसुक्ष्म जीवाणुहरूकाे उपस्थिति रहन्छ । त्यसैले त्यसलाई गुणस्तरीय बनाउनका लागि सरसफाइमा ध्यान दिनुपर्छ । दुग्धजन्य वस्तु ढुवानी गर्दा आल्मुनियमको क्यानको प्रयाेग गर्नुपर्छ । जथाभाबी रूपमा प्लास्टिककाे जर्किनमा ल्याउने र सरसफाइ नगर्दा किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थ शुद्ध र स्वच्छ भए पनि उत्पादन स्थानसम्म पुग्दा सङ्क्रमण हुन्छ । तत्कालीन रूपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा निर्देशिका बनेका छन् । विशेष गरेर दुध, पानी, खाने तेललगायत दैनिक उपभोग हुने वस्तुमा गुणस्तर कायम गर्नका लागि निरन्तर रूपमा विभाग लागेको छ । दीर्घकालीन रूपमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभामा रहेको छ । छिटै प्रतिनिधि सभाबाट यो विद्येयक पास भएर लागू भएमा सबै खाद्य शृङ्खलामा परिवर्तन आउने छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।