नेपालगञ्ज र आसपास जडान गरिएका धेरैजसाे साेलार बत्ती बल्दैनन्

 चैत ३, २०७८ बिहीबार १८:२१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका धेरैजसाे सौर्य बत्ती एक वर्ष नबित्दै बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर अहिले धेरैजसाे सौर्य बत्ती बल्न छोडेका हुन् ।

६ महिनादेखि बत्ती राम्ररी बलेकाे छैन । तर बत्ती बनाउन सरोकारवालाले चासो नदेखाएको स्थानीयवासीकाे गुनासाे छ । सौर्य बत्ती मर्मतका लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ तर बत्ती मर्मत गरेकाे देखिँदैन ।

उपमहानगरपालिकाभित्र दुई सय ५० वटा सौर्य बत्ती जडान भएका छन् । तर जडान भएकामध्ये धेरैजसाे बल्दैनन् । बत्ती बनाउन उपमहानगरपालिकाका जनप्रतिनिधिले खासै चोसो नदेखाएको स्थानीयवासी ललितकुमार रौनियारले गुनासाे गर्नुभयाे । उहाँले सडकमा जडान गरिएका बत्ती बल्न छाडेकाले सडकमा दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सोलार बत्ती जडान गरिएको दुई, तीन महिना राम्ररी बल्यो तर त्यसपछि बिग्रिएर उज्यालो दिन सकेको छैन ।’

उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले भने उपमहानगरपालिकाले सडक बत्ती मर्मतकाे काम गरिरहेको बताउनुभएको छ । उहाँले उपमहानगरपालिकाभित्र बिग्रिएको साैर्य बत्ती मर्मतका लागि यो वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो ।

सौर्यबत्तीको वारेन्टी एक वर्ष मात्र हुने भएकाले बिग्रिने गरेकाे उपमहानगरपालिकाले दाबी गरेकाे छ । उपमहानगरपालिकाको समन्वय र संसद् कोषबाट नेपालगञ्जमा सौर्य बत्ती जडान गरिएको थियो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया