अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डौमा ट्राफिक नियम मिच्ने नौ सय ६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही तथा 'होल्ड' गरेर छोडेको छ । फागु पूर्णिमा अर्थात् होली खेल्ने नाममा तीव्र गतिमा चलाएका, जाँड–रक्सी खाएर गाडी चलाएका र कागजात नभएका नौ सय ६ वटा सवारी साधनलाई कारबाहीसहित दिनभर 'होल्ड' गरेर केही बेर अगाडि छोडिएको हो ।
कारबाहीमा परेकामध्ये एक सय ६ जनाले जाँड–रक्सी खाएर सवारी साधन लगाएका थिए । यस्तै जाँड–रक्सी खाएर होहल्ला गर्ने ६६ जनालाई पक्राउ गरेर छोडिएको छ ।
होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको थियाे । चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले झन्डै चार हजार सुरक्षाकर्मी परिचालन गरेकोे थियाे ।
केही वर्षदेखि रङको पर्व फागु अर्थात् होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर चार/पाँच वर्षयतादेखि फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।