प्रि-मनसुनका गतिविधि सक्रिय नहुँदा गर्मी बढ्यो

 चैत ४, २०७८ शुक्रबार ८:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रि-मनसुनका गतिविधि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ ।

मौसमविद् राजु प्रधानाङ्गले प्रि-मनसुनको गतिविधि सक्रिय नहुँदा पानी नपरेको र यसकै कारण गर्मी बढेको बताउनु भएको छ ।

गएको २४ घण्टामा धरानको अधिकतम तापक्रम ३७ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ । यस्तै, विराटनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस, जनकपुरको अधिकतम तापक्रम ३५  डिग्री सेल्सियस, सिमराको ३४ दशमलव ८ डिग्री सेल्सियस र भैरहवाको ३३ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

काठमाण्डौको अधिकतम तापक्रम भने २८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । आज पनि देशभरको मौसम सफा नै रहने अनुमान गरिएकाले गर्मी थप बढ्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँकाअनुसार भोलि र पर्सि बेलुकीपख पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया