उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति एमालेको आपत्ति

 चैत ४, २०७८ शुक्रबार ८:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैशाख ३० मा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ मा जनप्रतिनिधिले उम्मेदवार बन्ने भएमा मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने व्यवस्था छ । यो आचारसंहितामा एमालेका उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत चुनावमा जानुअघि पद खाली गर्नुपर्ने किन ? भनेर प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्रीले चुनावअघि राजीनामा दिनु नपर्ने तर गाउँपालिका अध्यक्ष वा मेयरले सेवा नै प्रभावित हुने गरी किन राजीनामा दिनुपर्ने भन्ने उहाँको प्रश्न छ । पदको दुरूपयोग नहोस् भनेर सोच्नुपर्ने तर सेवा नै रोक्ने गरी आचारसंहिता बनाउन उचित नहुने पनि उहाँको भनाइ छ ।

साथै एमालेले निर्वाचन आयोगलाई स्थानीय तह निर्वाचन ऐनको व्यवस्थाप्रति ध्यानाकर्षण गराएको छ ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया