अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ । आपसमा रङ र अबिर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।
वसन्त ऋतुको आगमनको उल्लाससँगै मनाइने यो पर्वमा एक आपसमा रङ र अबिर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । होली मनाइने तराईका जिल्लामा आज सार्वजनिक बिदा छ ।
जनकपुरधाममा भने भोलि होली मनाइने भएको छ । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने परम्परा रहेकाले त्यहाँ भोलि होली मनाउन लागिएको हो।
हिजोे जनकपुरधाम पुगेको परिक्रमा आज अन्तर्गृह परिक्रमा गर्ने छ र भोलि होली मनाइने छ ।काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा भने हिजो होली मनाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।