अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - शिक्षण अनुमति पत्र लाइसेन्सको परीक्षामा अबदेखि वस्तुगत प्रश्न मात्रै सोधिने भएको छ ।
शिक्षक सेवा आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्न सोध्ने गरेकोमा अबदेखि प्रतिप्रश्न दुई अङ्कको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने आयोगले जनाएको छ । यसअनुसार परीक्षा सय पूर्णाङ्कको हुनेछ ।
पास हुन ५० नम्बर ल्याउनुपर्छ । परीक्षा एक घण्टाको हुनेछ । एउटा प्रश्नको जवाफ मिलाएमा परीक्षार्थीले २ नम्बर पाउनेछन् । शिक्षण अनुमति पत्र लाइसेन्सको परीक्षामा वस्तुगत प्रश्न मात्रै सोध्ने गरी पाठ्यक्रम समेत परिवर्तन गरिएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बताउनुभयो ।
यो पाठ्यक्रम चैत २ पछि हुने परीक्षामा लागू हुने पनि आयोगले जनाएको छ । परीक्षाफल छिटो आउने भएकोले वस्तुगत प्रश्न मात्रै सोध्ने निर्णय गरिएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।