लाइसेन्सको परीक्षामा फेल भएका र अनुपस्थितलाई पास गराउने ९ जनाविरुद्ध मुद्दा दायर

 चैत ४, २०७८ शुक्रबार १५:१४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षामा फेल भएकाहरूसँग घुस लिएर पास गराएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित नाै जनाविरुद्ध मुद्दा दायर भएको छ । 

प्रयोगात्मक परीक्षामा फेल भएका तथा उपस्थित नभएकाहरूलाई पास गराएको तथा पास भएकालाई फेल गराएको पाइएकाले विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उनीहरूले २०७५ साल मङ्सिर र २०७६ साल साउनदेखि मङ्सिर महिनामा सञ्चालन भएका प्रयोगात्मक परीक्षा मध्येबाट विभिन्न मितिमा सञ्चालन भएका परीक्षामा फेल भएका तथा उपस्थित नभएका एक सय १६ जनालाई पास गराएको पाइएको छ । 

यस्तै पास भएका दुई जनालाई नतिजा अपडेट गर्ने बेलामा फेल गराएर एक सय १८ जनाको नतिजा फेरबदल गराएको पाइएको प्रवक्ता भण्डारीले बताउनुभयो । 

अख्तियारले मुद्दा दायर गरेकाहरूमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख, शाखा अधिकृत गोकुल शर्मा पौडेल, शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौँ तहका भरतराज काफ्ले, अधिकृतस्तर आठौँ तहका भरतमणि बराल रहेका छन् । यस्तै अधिकृतस्तर सातौँ तहका प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैटाैँ तहका डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटाैँ तहका होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल र कम्प्युटर अपरेटर मोहनमणि सुवेदीमाथि पनि मुद्दा दायर भएकाे छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया