अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने घोषणा गर्नुभएको छ । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइ देशकाे अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने लक्ष्य लिएको बताउनुभयाे ।
आज शुक्रवारदेखि काठमाण्डाैमा सुरु भएको नेपाल हस्तकला महासङ्घको ४१ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले भन्नुभयाे, ‘कृषिमा आत्मनिर्भर बन्नका लागि गएकाे मङ्सिर १ गतेदेखि सिँचाइमा खपत हुने बिजुलीकाे मूल्य ५० प्रतिशतले घटाएको छु । मेरो उद्देश्य त्यसलाई निःशुल्क बनाउने रहेकाे छ ।’
कार्यक्रममा मन्त्री भुसालले नेपालमा उत्पादित हुने वस्तुहरू आयात नगर्न पनि व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले नाफा हुन्छ भन्दैमा प्लास्टिकका फूलहरू आयात गर्ने काम व्यवसायीहरूले गर्न नहुने धारणा राख्नु भयो । उद्योगीहरूले देशकाे अर्थतन्त्रलाई टेवा पुर्याउने खालका वस्तुहरूको उत्पादन र बिक्रीमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजारको मागअनुसार हस्तकला सामग्रीहरूको बिक्री गर्न उद्योगीहरूलाई आग्रह गर्नुभयो । उहाँले हस्तकलाका सामग्रीको प्रवर्द्धनका लागि औद्योगिक ग्राम बनाउनुपर्ने र त्यसका लागि आवश्यक पूर्वाधार विकासका लागि महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकलाका सामग्रीहरूको उत्पादन र विश्व बजारमा निर्यातका लागि सहयोग गर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित क्षेत्रका उद्योगीहरूलाई आग्रह गर्नुभयो । उहाँले कोभिडका कारण हस्तकला क्षेत्रका व्यवसायीहरू पलायन हुने अवस्था आएको उल्लेख गर्दै उनीहरूलाई राेक्न आफूले सक्दो पहल गर्ने पनि बताउनुभयो ।
मेयर महर्जनले भूकम्पले ध्वस्त बनाएका सम्पदाहरूको पुनर्निर्माणको कामलाई आफूहरूले स्थानीयवासीकै सहकार्यमा अघि बढाएको पनि स्मरण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।