शिक्षकको परीक्षामा प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि बोक्न अनुरोध

 चैत ४, २०७८ शुक्रबार १८:९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – शिक्षक सेवा आयोगले शिक्षक पदको परीक्षा दिन जाने व्यक्तिलाई प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जान अनुरोध गरेको छ । 

आयोगले आज शुक्रवार सूचना निकालेर यही चैत महिनामा हुन लागेका विभिन्न तहका शिक्षक पदका लागि परीक्षा दिन जाने व्यक्तिले प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने जानकारी गराएको हो । 

आयोगले निकालेको सूचनामा परीक्षाका उम्मेदवारले प्रवेशपत्रको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जान भनिएको छ । आयोगले यही चैत १५ गते माध्यमिक तहको, १७ गते निम्न माध्यमिक तहको, १९ गते प्राथमिक तहकोे र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा सञ्चालन गर्दैछ । 

केही उम्मेदवारको प्रवेश पत्रमा परिचय विवरण प्रष्ट नभएको गुनासो आएकाले सबै परीक्षार्थीलाई प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जानुपर्ने व्यवस्था गरेको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया