अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – 'युथ इन सोसल चेन्ज' नामक गैरनाफामूलक सामाजिक संस्था द्वारा सञ्चालित प्राविधिक परियोजना कोड फर चेन्जले यही मार्च र अप्रिलमा राष्ट्रियस्तरको 'कोडफेस्ट' नामक 'ह्याकाथोन' आयोजना गर्ने भएको छ ।
कुनै एक व्यक्ति, टिम वा संस्थाको व्यक्तिगत र व्यावसायिक वृद्धि र विकासका निम्ति ह्याकाथोनको महत्त्वपूर्ण योगदान रहेको हुन्छ । समूहमा काम गर्न सिक्न सकिने, प्रतिस्पर्धात्मक भावनाले आफ्नो क्षमता उजागर हुने, आफूभन्दा वरिष्ठ व्यक्तिहरूबाट सिक्न सकिने, समयको महत्त्व बुझ्न सकिने र छोटो समयमै ठूला समस्याहरूको समाधान खोज्न सकिने भएकाले विशेष गरी प्रविधिक क्षेत्रमा ह्याकाथोन महत्त्वपूर्ण बनेको छ।
कोडफेस्ट त्यस्तै एक राष्ट्रियस्तरको ह्याकाथोन हो जहाँ प्रविधिको डोमेनका विधार्थीहरूलाई सम्मिलित गराइन्छ र दिगो विकासका सात लक्षमा उनीहरूलाई आफ्नो विवेक, रचना र उनीहरूले शैक्षिक संस्थाबाट सिकेका ज्ञानहरूलाई वास्तविक समस्याहरूको समाधानमा प्रयोग गर्न जोड दिइन्छ । कोडफेस्ट आफूसँग उपाय भएर पनि उचित प्लेटफर्म तथा एक्सपोजर नपाएका विद्यार्थीहरूका एक सुनौलो अवसर हुन सक्छ ।
कोडफेस्ट विभिन्न प्रादेशिक र राष्ट्रियस्तरमा गर्दै विभिन्न चरणमा हुने कार्यक्रम हो जसमा विद्यार्थीहरूले आफू पढ्दै गरेको कलेजलाई प्रतिनिधित्व गर्दै वा छुट्टै टिम बनाएर पनि आफ्नो समूह दर्ता गर्न सक्नेछन र उनीहरूले पहिला आफ्नै प्रदेशका टिमहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सात वटै प्रदेशमा याे प्रतिस्पर्धा हुनेछ र प्रादेशिक विजेताहरू काठमाण्डौमा अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्नेछन् जुन तीन दिनसम्म चल्नेछ ।
उत्कृष्ट प्रतिस्पर्धीहरूले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् । यसका साथै उपस्थित विधार्थीहरूको उपाय मन परेको अवस्थामा उनीहरूले कार्यक्रमका विभिन्न साझेदार र उपस्थित कम्पनी तथा संस्थामा काम गर्ने अवसरसमेत पाउनेछन् । त्यसै गरी विजेताहरूको उपायलाई पूर्णता दिन आवश्यक तालिमको पनि व्यवस्था गरिनेछ । प्रतिस्पर्धामा सहभागी हुनका लागि विद्यार्थीहरूले यस लिङ्कमा क्लिक गरेर दर्ता गराउन सक्नेछन् ।
Registration Link : https://bit.ly/CFC-CodeFest2022
यसैगरी कोड फर चेन्जले याे कार्यक्रम साझेदारी तथा सहयोग गर्न चाहनेहरूका लागिसमेत आवेदन खुला गरेको छ, इच्छुक कम्पनी तथा संस्थाहरूले यस लिङ्कमा क्लिक गरेर आवेदन दिन सक्नेछन् ।
Registration Link : https://bit.ly/CodefestPartnershipRegistration
कार्यक्रमको मोडेल, सहभागिताको मापदण्डलगायतका विभिन्न जिज्ञासा भए ती व्यक्तिले कोड फर चेन्जको फेसबुक पेज तथा वेबसाइटबाट तथा सम्पर्क गरेर पनि बुझ्न सक्नेछन् ।
Page Link : www.facebook.com/CodeForChangeNepal
Website : https://codeforchangenepal.com/
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।