रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकाको आग्रह

 चैत ५, २०७८ शनिबार ७:३०:४२ | एजेन्सी
unn.prixa.net

रुस–युक्रेन युद्धका विषयमा अमेरिका र चीनका राष्ट्रपतिबीच कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन पिङबीच गएराति भिडियो कुराकानी भएको हो ।

अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षीसँग गरेको संवादलाई अन्तर्राष्ट्रिय वृत्तमा महत्त्वका साथ हेरिएको छ । कुराकानीमा राष्ट्रपति सीले विश्व शान्ति तथा सुरक्षाको विषय सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

जवाफमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई सैन्य सहयोग नगर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले अहिलेसम्म रुसले गरेको आक्रमणलाई सैन्य कारबाहीको संज्ञा दिएको छैन ।

चिनियाँ राष्ट्रपति सीले रुस–युक्रेन युद्ध कुनै एउटा देशको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दुई देशबीचको युद्धलाई सबैले साझा चिन्ताको विषयका लिनुपर्नेमा बाइडेन र सी को जोड छ ।
 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया