देशका पहाडी भू–भागमा आज मौसम आंशिक बद्ली : गर्मी बढ्यो

 चैत ५, २०७८ शनिबार ८:०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका पहाडी भू–भागमा आज मौसम आंशिक बद्ली भएको छ । पहाडी एक/दुई ठाउँमा दिउँसोपख मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चैत लागेसँगै गर्मी बढ्दै गएको छ । धरानमा अस्ति बिहीवार अधिकतम तापक्रम ३७ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । यसअघि धरानमा सन् २०१३ मा ३८ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो ।

हिजो भने धरानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसले घटेको छ । धरानमा पछिल्लो २४ घण्टामा उच्चतम तापक्रम ३७ दशमलव २ डिग्री मापन भएको छ । यस्तै जनकपुरमा ३७, भैरहवामा ३६ दशमलव ८, सिमरामा ३६ दशमलव ५ डिग्री, विराटनगरमा ३६ दशमलव २, धनगढीमा ३५ दशमलव २ र नेपालगञ्जमा ३४ दशमलव ६ डिग्री मापन भएको छ । त्यस्तै काठमाण्डौको ३१ दशमलव ३ डिग्री मापन गरिएको छ ।

भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको र नेपालको तराईमा तापक्रम बढ्नुमा यसको असर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया