अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – करिब २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण गरिएको छ ।
विभिन्न मुद्धा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको यस फल्चाकाे शनिबार बिहान उद्घाटन गरिएको हो । २०६५ सालमा सर्वोच्च अदालतले पुनर्निर्माणको काम गर्न आदेश दिँदा पनि बन्न नसकेको याे सम्पदाको पुनर्निर्माण हाल आएर सम्पन्न गर्न पाएकोमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुशी व्यक्त गर्नु भयो ।
‘२०८ वर्ष पुरानो समय फल्चा पाटी ज्यादै महत्वको रुपमा रहेको पाटी हो । तर अहिले यो पाताल भएर बनाउन नसकिरहेको अवस्था थियो । यसले गर्दाखेरी ललितपुर, पुल्चोकका नगरबासीलाई निकै आघात भएको थियो, सम्पदाप्रेमीहरु पनि चिन्तित थिए', उहाँले भन्नु भयो, 'तर अब कुनै पनि चिज बन्न समय आउनुपर्दो रहेछ । तसर्थ समय आईपुग्यो । हामीले बनायौं । र, आज सम्पन्न भयो ।’
यो भन्दा पहिले २०६५ सालमा सर्वोच्चले यो बनाउने सन्दर्भमा अन्तरिम फैसला गरेको थियो । त्यसमा बनाउनपर्छ, बनाउनु भन्ने थियो । तर विभिन्न कारणले त्यो सम्भव भएको थिएन । अहिले गत चैत्र २ गते उच्च अदालत पाटनमा परेको मुद्धाको पनि फैसला भएपछि यसको उद्घाटन गर्न सम्भव भएको मेयर महर्जनले बताउनुभयाे ।
याे पार्टी नबनाउन माग गर्दै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला अदालत पाटनमा समेत मुद्धा हालेको थियो । तर अन्तिममा उच्च अदालतले पाटनले समेत बनाउनका लागि फैसला गरेपछि यसको उद्घाटन गर्ने अवसर मिलेको मेयर महर्जनले बताउनु भयो । उहाँले सम्पदाप्रेमीहरुले समेत चिन्ता व्यक्त गरेको सो सम्पदा पुनर्निर्माण गर्न पाउँदा पुल्चोकका नगरबासी समेत हर्षित भएको बताउनु भयो । सम्पदाको संरक्षण गर्ने विषयलाई मुद्धा मामिला बनाइएकाले यसको पुनर्निर्माणको काममा ढिलाई हुन गएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।