कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चुनावमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको सम्भावना रहेको बताउनु भएको छ ।
शनिवार नेपाल प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता डा. महतले कांग्रेसले गठबन्धन गर्दा निर्वाचनमा जितको सुनिश्चितता हेर्ने बताउनुभयो । निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा धेरै जितिन्छ त्यो आँकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने निर्णय हुने बताउनुभयो । प्रवक्ता महतले सत्ता गठबन्धनमा रहेका दलहरुको प्रस्तावलाई पनि हेरिने बताउनुभयो ।
अर्को एक प्रसंगमा प्रवक्ता महतले एमसीसीका विषयमा धेरै कोणबाट भ्रम छर्ने प्रयास गरिए पनि त्यो बिफल भएको बताउनुभयो । यस्तै कांग्रेसले सुरु गरेको घरघर जाने अभियानले स्थानीय स्तरमा रहेको एमसीसीको भ्रम पनि तोडिने बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।