अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - आज अन्तर्राष्ट्रिय खुसी दिवस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१३ देखि हरेक मार्च २० तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।
खुसीको महत्त्वलाई पहिचान गर्नका लागि दिवस मनाउन थालिएको हो । सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरिबी अन्त्य गर्न, असमानता घटाउन तथा पृथ्वीको रक्षा गर्न प्रयत्न गरेको थियो । यी तीनै प्रयासले नै संसारमा खुसी छाउने संयुक्त राष्ट्र सङ्घको विश्वास छ ।
राष्ट्र सङ्घको दिगो विकास समाधान नेटवर्कले अस्ति सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले दक्षिण एसियाली देशमा नेपाल सबैभन्दा खुसी देश भएको देखाएको छ । प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अङ्कसहित सूचीको ८४औँ स्थानमा छ ।
यो गएको वर्षको तुलनामा ३ स्थान माथि हो । गएको वर्ष ५ दशमलव २६९ अङ्कसहित नेपाल सूचीको ८७औँ स्थानमा थियो । प्रतिवेदन अनुसार दक्षिण एसियामा नेपालपछि खुसी हुने देशमा बङ्ग्लादेश परेको छ ।
सामूहिकतामा विश्वास गर्ने समाज, दु:खसुखमा एकअर्कालाई साथ दिने परम्परा, बाँडीचुँडी खाने प्रवृत्तिलगायत सांस्कृतिक परम्परागत पक्षले नेपालीहरु खुसी रहेका देखिएको हुनसक्ने समाजशास्त्री निर्मल गौतमले बताउनुभयो ।
सूचीअनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश हो । फिनल्यान्ड लगातार ५ वर्षदेखि सूचीको शीर्षस्थानमा रहँदै आएको छ । यस्तै, डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन् । प्राविधिक कारण भुटान भने सूचीमा समेटिएको छैन ।
प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई विश्व खुसी प्रतिवेदनले आधार मान्ने गरेको छ। सार्वजनिक प्रतिवेदनमा एक सय ४६ देशलाई समेटिएको छ । अघिल्लो वर्ष एक सय ४९ देशलाई समेटिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।