देशका विभिन्न १० जिल्लामा बर्ड फ्लुको सङ्क्रमण : अहिलेसम्म ६५ हजारभन्दा धेरै कुखुरा नष्ट

 चैत ६, २०७८ आइतबार ७:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालमा देखिएको बर्ड फ्लुको सङ्क्रमण विभिन्न १० जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, कास्की र पर्सामा बर्ड फ्लु देखिएको हो ।

काठमाण्डौको तारकेश्वर र कागेश्वरी मनोहरा तथा भक्तपुरको सूर्यविनायकमा यसअघि देखिएको सङ्क्रमण नियन्त्रण गरे पनि फेरि देखिएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सङ्क्रमण नियन्त्रणमै छ । अरु जिल्लाबाट पनि परीक्षणका लागि नमुना प्राप्त भएका छन् तर त्यसको नतिजा आइसकेको छैन ।

सङ्क्रमण फैलिएका ती जिल्लाका ६५ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । त्यस्तै १५ हजार किलो दाना र २५ हजार ओटा अण्डा नस्ट गरिएको विभागको तथ्याङ्क छ । पक्षीमा टाउको सुन्निने, सिउर लोति निलो/कालो हुने र धेरैको सङ्ख्यामा एकैपटक मर्ने जस्ता लक्षणसहित बर्ड फ्लु देखिएको छ ।

छिटो फैलने भएकाले र मानिसमा समेत सर्ने रोग भएकाले सतर्कता अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ । साथै पक्षी पालेको ठाउँमा नियमित सरसफाइ गरी निःसङ्क्रमण गर्न, घरपालुवा पक्षीलाई खुला नछोड्न, जङ्गली तथा अन्य चराको सम्पर्कमा आउन नदिन, मरेका पक्षीलाई गहिरो खाल्डो खनेर पुर्न विभागका प्रवक्ता डा. ढकालको सुझाव छ ।

विभागले पक्षी ओसारपसार गर्दा स्वास्थ्य जाँच गराइ भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न, अन्त प्रयोग भइसकेका पुराना क्रेट, बोराजस्ता सामग्री आफ्नो फार्ममा पुनः प्रयोग नगर्न, पक्षीको ढुवानी गरिसकेपछि ढुवानी गाडीको अनिवार्य रुपमा सरसफाइ तथा निःसङ्क्रमण गर्न र अस्वाभाविक रुपमा पक्षी बिरामी परे वा मरेमा पशु सेवाका निकायमा सूचना दिन पनि आग्रह गरेको छ।

बर्ड फ्लु सङ्क्रमणबाट क्षति भएका पक्षी तथा सामग्रीको सरकारले किसानलाई राहत दिने गरेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया