तालमेल गरेर भन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय तहको चुनावमा जान्छौँ : प्रचण्ड

 चैत ६, २०७८ आइतबार ११:३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेल गरेर भन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय तहको  चुनावमा जाने बताउनु भएको छ । तर गठबन्धनको आवश्यकता भने अझै कायमै रहेको उहाँको भनाइ छ ।

बिहान पोखरामा पत्रकारसँगको कुराकानीमा प्रचण्डले माओवादी अरू दलसँग तालमेलका लागि भन्दा पनि तालमेल गर्न अरू दलले माओवादी खोज्दै आउनुपर्ने अवस्था रहेको दाबी गर्नुभयो ।

उहाँले आफ्नै बलमा अबको चुनाव लड्ने जिकिर पनि गर्नुभयो ।  यस्तै, चुनावी गठबन्धनबारे सोधिएको प्रश्नमा उहाँले अहिलेको सत्ता गठबन्धनको विकल्प नसोचेको बताउनुभयो । तर, धेरै कुरा कांग्रेसमा भर पर्ने उहाँको भनाइ छ । यस्तै, आफूले तत्कालै नेकपा एमालेसँग गठबन्धन भइहाल्छ भन्न नखोजेको पनि उहाँले स्पष्ट पार्नु भएको छ ।

अस्ति शुक्रवार बुटवलमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न भनेर अभिव्यक्ति दिनु भएको थियो । त्यो कुरा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा भनेको उहाँको प्रष्टीकरण छ ।  

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया