एमाले जनताकाे मनबाट बाहिरिएकाे छैन : पाेखरेल

 चैत ६, २०७८ आइतबार १८:३५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताउनुभएको छ । 

एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज आइतवार सुर्खेतमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमाले जनतासँगै रहेकाले आउँदो चुनावमा पहिलो भएर सरकारमा पुग्ने दाबी गर्नुभयो । ‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन’, पोखरेलले भन्नुभयो, ‘आम जनताको मन–मनमा एमाले छ । आउँदो चुनावमा अझै शक्तिशाली भएर आउनेछौँ ।’ 

कार्यक्रममा एमाले कर्णाली प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य यामलाल कँडेलले धेरै दलबाट देशले स्थायित्व नपाउने भन्दै दुई दलीय व्यवस्था आवश्यक रहेको जिकिर गर्नुभयो । 

यही कार्यक्रममा माओवादी केन्द्र परित्याग गर्नुभएका प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गर्नुभएको छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया