म्यादी प्रहरीमा आवेदन दिनेको भिड ( फाेटाेसहित)

 चैत ७, २०७८ सोमबार ८:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

आउँदाे वैशाख ३० मा हुने स्थानीय तह चुनाववका लागि जिल्ला प्रहरी कार्यालय चितवनले माग गरेको म्यादी प्रहरीमा आवेदन दिन लामबद्ध युवा ।

काठमाण्डाै - म्यादी प्रहरीमा आवेदन दिनेको भिड बढेको छ । आवेदन खुलेको पहिलो दिन हिजो सबै जिल्लामा आवेदन दिनेको घुइँचो लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आवेदन दिनेमा काखे बच्चा च्यापेका महिलासमेत छन् । स्थानीय तह चुनावका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेको हो । आउँदो ११ गतेसम्म आवेदन दिन सकिन्छ ।

म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै नेपाली नागरिक भएको हुनुपर्ने, फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त भएको, साधारण लेखपढ गर्न जान्ने मापदण्ड तोकिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको छ । छिमेकी देशका सुरक्षा निकायमा काम गरेका र विगतका चुनावमा म्यादी प्रहरीका रूपमा काम गरेकाले पनि प्राथमिकता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ गतेदेखि सुरु हुनेछ भने अन्तिम नतिजा २२ गते प्रकाशित हुनेछ । छनोट भएकाहरूको प्रशिक्षण चैत २८ गतेदेखि सुरु हुनेछ।

म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । आधारभूत तलब प्रहरी जवान सरह महिनाको २२ हजार ६ सय ८० रुपैयाँले ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ हुनेछ । यसैगरी खाद्यान्नबापत एकमुस्ट ७ हजार २ सय रुपैयाँ तथा पोसाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादी प्रहरीका लागि सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइनेछ ।

फाेटाे :

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया