अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - जोनसनको मुख्य प्रायोजनसँगै एभरेष्ट बैंक र हिमालय हर्बलको सह-प्रायोजनमा 'बेबी पेजेन्ट शो' आयोजना हुने भएको छ । ३ वर्षदेखि ७ वर्षसम्मका बालबालिकालाई लक्षित गरी कार्यक्रमको आयोजना तय भएको छ ।
प्रतिस्पर्धामा ३ वर्षदेखि ४/ ५ वर्षका बालबालिका “र्याम्प वाक विथ मदर” इभेन्टमा सहभागी हुन सक्नेछन् । त्यसैगरी ४/५ वर्ष उमेरभन्दा माथि र ७ वर्षभन्दा मुनिका बालबालिकाहरु “र्याम्प वाक” र विभिन्न “ट्यालेन्ट शो” मा सहभागी हुन सक्नेछन् । सहभागिताको लागि आकाङ्क्षीहरुले नि:शुल्क रुपमा आफ्नो ठाउँ सुरक्षित गर्न सक्नेछन् । बेबी पेजेन्ट शो मा भाग लिन चाहनेले अन्तिम आवेदन ११ चैतभित्र गरिसक्नु पर्नेछ ।
यस 'बेबी पेजेन्ट शो' मा दुई छुट्टाछुट्टै विद्यालयमा प्रतिस्पर्धा गरिने छ । यस बेबी ३ देखि ४ वर्ष समूहका प्रथम विजेताले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् र दोस्रो र तेस्रोले क्रमशः २५ हजार, १५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।
त्यही अनुरूप ५ वर्षदेखि ७ वर्ष समूहका प्रथम विजेताले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् र दोस्रो र तेस्रोले क्रमश २५ हजार, १५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । दुवै समूह गरी कुल पुरस्कार रकम १ लाख ८० हजार रुपैयाँ रहेको छ । निकै रुचि र कौतुहलताको साथ हेरिएको यस बेबी पेजेन्ट शोले विभिन्न चरणहरु पार गर्दै २६ चैतमा अन्तिम प्रतिस्पर्धा गर्नेछ ।
भौतिक रुपमा पठनपाठन सुरु भएसँगै लामो अन्तरालमा आयोजना हुन लागेकोले यस खालको प्रतियोगिताले बालबालिकामा रहेको सोचाइ अनुभूति र प्रतिभालाई प्रस्फुटन गराउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।