चिनियाँ विदेश मन्त्री ३ दिने नेपाल भ्रमणका लागि शुक्रवार नेपाल आउँदै

 चैत ७, २०७८ सोमबार १३:२१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आउनुहुने भएको छ । विदेश मन्त्री मन्त्री यी यही शुक्रवार चैत ११ गते नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज साेमवार निकालेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै विदेश मन्त्री वाङ यीले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्नुहुने विज्ञप्तिमा उल्लेख छ । 

चीन र नेपालका परराष्ट्रमन्त्रीसहितको द्विपक्षीय वार्ता १२ गते शनिवारका लागि तय भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने क्रममा चीनले पनि विभिन्न प्रतिक्रिया दिएको थियो । एमसीसी पारित भएपछि हुन लागेको चीनका विदेशमन्त्रीको नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋणको ब्याज घटाउन, चीनमा मेडिकल शिक्षा पढिरहेका तर कोरोनाका कारण नेपाल आएका विद्यार्थीलाई फेरि चीन लैजान, बीआरआई अन्तर्गतका आयोजना कार्यान्वयनमा चीनले अनुदान दिनुपर्ने लगायतका विषय उठाउने नेपालको तयारी छ ।

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया