चीनमा १ सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटना

 चैत ७, २०७८ सोमबार १४:३१:४४ | एजेन्सी
unn.prixa.net

चीनमा एक सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

हवाईजहाज युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको थियो । जहाज दुर्घटना भएपछि जङ्गलमा आगो लागेको देखिएको र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dinesh adhikari

    March 21, 2022, 4:24 p.m.

    यो राम्रो खबर होइन /

  •  0 Reply

तपाईको प्रतिक्रिया