स्थानीय तहकाे चुनाव वैशाख ३० गते नै हुन्छ : प्रधानमन्त्री देउवा

 चैत ७, २०७८ सोमबार १४:५०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव तोकिएको मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

आज साेमवार मोरङको सुन्दरहरैँचा नगरपालिकामा प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव सार्ने सरकारको कुनै मनसाय नरहेको भन्दै वैशाख ३० गते शान्त र निष्पक्ष चुनाव हुने बताउनुभयो । चुनाव गराउने दायित्व निर्वाचन आयोगको रहेको र सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले नागरिकको मन जितेर काम गर्नुपर्ने पनि बताउनुभयो । सङ्घीयताको जग स्थानीय तह भएकोले स्थानीय तहले नागरिकको आकाङ्क्षाअनुसार काम गर्नुपर्ने बताउनुभयो । 

 

उहाँले भन्नुभयो, ‘सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।’

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया