चुनावमा सबै तहमा गठबन्धन सम्भव छैन : अध्यक्ष यादव

 चैत ७, २०७८ सोमबार १८:२६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आउँदाे स्थानीय तहको चुनावमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताउनुभएको छ । 

आज सोमवार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव छैन, जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्छौँ, जहाँ–जहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरू एक्ला–एक्लै मित्रवत् ढङ्गले चुनाव लड्ने बताउनुभयो ।

अध्यक्ष यादवले मधेशी जनताको अधिकारका लागि आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट सङ्घर्ष गरिरहने बताउनुभयो । उहाँले चुनावलाई कम खर्चिलो बनाउन निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने पार्टीको अडान रहेकाे पनि दोहोर्‍याउनुभयाे । अध्यक्ष यादवले संविधानको संशोधन, परिमार्जन र सुधार गर्नुअघि पुनर्लेखन आवश्यक रहेको पनि बताउनुभयो । अहिलेको निर्वाचन प्रणाली, शासकीय स्वरूप, न्यायिक प्रणालीसमेत बदल्नुपर्ने उहाँको भनाइ थियो ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई जसपाका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादवलगायतले सम्बोधन गर्नुभएको थियो । 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया