चीनमा हवाईजहाज दुर्घटना : बाेइङ ७३७ मोडलका सबै जहाज 'ग्राउन्डेड'

 चैत ७, २०७८ सोमबार १९:५९:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनमा एक सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको हो ।

अहिलेसम्म दुर्घटनाको कारण र ज्यान गुमाउनेको सङ्ख्याबारे खुल्न सकेको छैन । उद्धारकर्ताहरूले बाँचेको कुनै सङ्केत नदेखिएको बताएका बीबीसीले जनाएको छ ।

युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाज जमिनमा खसेपछि आगो लागेको देखिएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । दुर्घटनापछि चीनका राष्ट्रपति सी जिनपिङले कारण पत्ता लगाउन तत्काल अनुसन्धान गर्न आदेश दिनुभएको छ ।

याे घटनासँगै चाइना इस्टर्न एअरलाइन्सले आफ्ना ७३७ का सबै जहाज ग्राउन्ड गरेको छ । चीनमा सन् २०१० पछि ठूलो हवाई दुर्घटना भएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया