चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको ज्यान गएको आशङ्का

 चैत ८, २०७८ मंगलबार ९:१०:२७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनमा हिजो दुर्घटनामा परेको विमानमा रहेका सबैको अवस्था अझै थाहा हुन सकेको छैन । उनीहरु जीवितै रहने सम्भावना नगन्य रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

आकाशबाट जमिनका खसेको विमानमा आगो लागेकाले उनीहरु जीवितै भेटिने सम्भावना नरहेको उनीहरुले बताएका छन् । आठ हजार ८ सय ६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको थियो ।

उद्धारकर्ताहरुले विमानका टुक्राहरु र जलेको अवशेष फेला पारेका छन् । हिजो दिउँसो २ बजेतिर एक सय २३ जना यात्रु र चालक दलका नौ सदस्यसहित एक सय ३२ जना रहेका चाइना इस्टर्न बोइङ ७३७ विमान चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको थियो ।

अहिले पनि खोजी कार्य चलिरहेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ।     
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया