एनआरएनएको १० औँ महाधिवेशन चैत १० र ११ गते काठमाण्डाैमा

 चैत ८, २०७८ मंगलबार १३:४०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १० औँ महाधिवेशन चैत १० र ११ काठमाण्डौमा हुने भएको छ । आज मङ्गलवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत महाधिवेशन गर्ने एनआरएनएले जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले गैरआवासीय एकताबद्ध रहने दाबी गर्नुभयो । उहाँले एनआरएनएले नेपालको सामाजिक तथा आर्थिक समृद्धिका निम्ति प्रभावकारी भूमिका खेल्ने पनि बताउनुभयो । अध्यक्ष पन्तले अधिवेशनबाट तीनै जना अध्यक्षका उम्मेदवारले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको जानकारी दिनुभयो ।

त्यस्तै अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा सहमति गर्नुबाहेक अन्य कुनै विकल्प नभएको बताउनुभयो । उहाँले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै तीनै जना अध्यक्षका प्रत्यासीहरू मिलेर संस्थालाई अघि बढाउने बताउनुभयो ।

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताउनुभयो । उहाँले सबै गैरआवासीय नेपालीहरूले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको बताउनुभयो ।

त्यस्तै अध्यक्ष पदकी प्रत्यासी रविना थापाले संस्थामा भएका विवादहरूलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताउनुभयो । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया