एमाले प्रवेश गर्नेहरूले पछुताउनुपर्ने अवस्था आउँदैन : अध्यक्ष ओली

 चैत ८, २०७८ मंगलबार १७:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धता जनाउनुभएकाे छ । आज मङ्गलवार पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराउँदै उहाँले यस्ताे प्रतिबद्धता जनाउनुभएकाे हाे ।  

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सिङ्गो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाले उनीहरूकाे हित नहुने भन्ने हुनै नसक्ने अध्यक्ष ओलीकाे तर्क थियाे ।  उहाँले भन्नुभयो, ‘म सबै साथीहरूलाई ढुक्क हुन आग्रह गर्दछु । आफ्नो राजनीतिक भविष्य के हुन्छ भन्ने होइन । देशकै राजनीतिक भविष्य सुदृढ हुन्छ भने, देशको सीमा सुरक्षा हुन्छ भने, देशको सार्वभौमसत्ता सुरक्षा हुन्छ भने, स्वाधीनता र स्वतन्त्रता सुरक्षित हुन्छ भने, राष्ट्रिय हितको सुरक्षा हुन्छ भने नेपालको लोकतन्त्रको सुरक्षा हुन्छ भने यस्तो स्थितिमा हाम्रा हित सुरक्षित नहुने भन्ने हुँदैन । सिङ्गै देश सुरक्षित हुन्छ । कसैले पनि किन एमालेमा प्रवेश गरिएछ भन्ने हुँदैन ।’

समाजवादी जनता पार्टी नै एमालेमा समाहित गर्नुभएका पूर्वमन्त्री प्रेमबहादुर सिंहले केपी ओलीजस्तो दुरदृष्टि नेताको नेतृत्वमा देश निर्माणमा समाहित हुन एमाले प्रवेश गर्नुपरेको बताउनुभयो । त्यस अवसरमा उहाँले आफ्नो पार्टी र आफ्नो प्रवेशले एमालेलाई झनै सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

यस्तै अभिनेत्री करिश्मा मानन्धरले केपी ओलीको देश र जनताप्रतिको प्रतिबद्धता र त्यसका लागि आवश्यक क्षमता र कौशलताका कारण आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले कुनै पद भन्दा पनि एमालेमा रहेर देशको हितमा काम गर्ने चाहना आफूमा रहेको पनि बताउनुभयो ।

अभिनेत्री मानन्धरले एमालेको गुणगान गाउनेहरू देशभर रहेकाले पनि आफूलाई यस पार्टीमा प्रवेश गर्न प्रेरित गरेको धारणा राख्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया