सञ्चारिका समानता पुरस्कार पत्रकार फातिमा बानु र विद्या राईलाई प्रदान गरिने

 चैत ८, २०७८ मंगलबार १९:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चारिका समानता पुरस्कार २०७७ पत्रकार फातिमा बानु र विद्या राईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । कान्तिपुर पत्रिकामा प्रकाशित 'अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी' फिचरका लागि पत्रकारद्वय फातिमा बानु र विद्या राईलाई संयुक्त रूपमा पुरस्कार दिन लागिएको हो । सञ्चारिका समानता पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

तीन सदस्यीय पुरस्कार छनाेट समितिले समाचार, लेख, लैङि्गक संवेदनशिलता तथा अन्वेषण जस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको थियो । समानताका लागि सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

यस्तै स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कार २०७६ बाट रौतहटमा पत्रकारिता गर्दै आएकी बिना राउतलाई प्रदान गर्ने निर्णय भएको छ भने स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कार २०७७ बाट रुकुम पश्चिमबाट पत्रकारिता गर्दै आएकी हिरा परियारलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशि सात हजार एक सय ११ रुपैयाँ रहेको छ । 

यस्तै सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६ सेतोपाटी डटकममा कार्यरत मनिका विश्वकर्मा र नेपाल टेलिभिजनमा कार्यरत सीतादेवी पोख्रेल (मिनु) लाई प्रदान गर्ने निर्णय गरिएको छ । साथै सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७ बाट गोरखापत्र अनलाइनमा कार्यरत सपना थामी र ई–कागज डटकममा कार्यरत सृजना खड्कालाई प्रदान गर्ने निर्णय गरिएको छ । सबै पुरस्कार आउँदाे चैत ११ गते प्रदान गरिनेछ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया