मोरङको लेटाङमा कर्फ्यू केही खुकुलो

 चैत ९, २०७८ बुधबार ७:३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तीन दिनदेखि तनावग्रस्त मोरङको लेटाङमा प्रशासनले लगाएको कर्फ्यू आजदेखि केही खुकुलो बनाइएको छ । जिल्ला सुरक्षा समितिले लेटाङको अवस्था सामान्य बन्दै गएकाले कर्फ्यूलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो ।

हिजोको बैठकले अर्को आदेश नआएसम्मका लागि बिहान ६ बजेदेखि १० बजेसम्म खुला गरेर १० बजेदेखि दिउँसो ४ बजेसम्म कर्फ्यू लगाउने र ४ बजेदेखि बेलुका ६ बजेसम्म खुलाएर फेरि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले  जानकारी दिनुभयो ।

लेटाङ–५ खेरुवाका शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि उत्पन्न विवादमा आइतबार स्थानीयबासिन्दा र प्रहरीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि लेटाङमा कर्फ्यू लगाइएको थियो । शिक्षक मनोज पौडेलले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । यस अघि पनि शिक्षक पौडेलले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । तर, पटक पटक उनलाई कारबाही हुनबाट जोगाएको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका थिए ।
 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया