लाेकन्थलीमा शववाहनसँग ठाेक्किँदा माेटरसाइकल जल्याे, चालक घाइते

 चैत ९, २०७८ बुधबार १२:१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जना घाइते भएका छन् । मोटरसाइकलमा आगो लागेको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको परिचय खुलेको छैन । प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल बिहान लोकन्थलीमा ठोक्किएका थिए । मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया