देश र जनताभन्दा बाहिर गएर सरकार चलाउन खाेज्नेकाे अवस्था एमालेकाे जस्तै हुन्छ : मन्त्री बडू

 चैत ९, २०७८ बुधबार १३:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

बाँके – कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेले संविधानभन्दा बाहिर गएर सरकार सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताउनुभएको छ । 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को १ ६ औँ वार्षिक साधारण सभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई आज बुधवार नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री बडूले पूर्वप्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताउनुभयो । देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझ्न नसकेको, देश र जनताभन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले एमाले समय अगाडि नै बाहिरिनुपरेको उहाँकाे भनाइ छ । 

मन्त्री बडूले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताउनुभयो । संविधानको व्यवस्था र मर्म विपरीत जान खोज्ने सबैको अवस्था ओली नेतृत्वको सरकारको जस्तै हुने उहाँकाे भनाइ थियाे । 

कार्यक्रममा बोल्दै मन्त्री बडूले संविधान रक्षा र संवैधानिक सर्वोच्चताका लागि रेडियो प्रसारणको लक्ष्य बन्नुपर्ने बताउनुभयो । रेडियो प्रसारणले सामाजिक रूपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गरिरहनुपर्ने उहाँकाे भनाइ छ । 

२०६२/६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडूले सरकार सामुदायिक रेडियोहरूको विकासका लागि सधैँ सकारात्मक र प्रतिबद्ध रहेको दाबी गर्नुभयाे । सरकारले रेडियोहरूको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत् महसुलमा छुट लगायतको सहुलियत दिएर पनि सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया