कास्की अदालतमा तोडफोड, मिसिल चोरी भएको आशङ्का

 चैत ९, २०७८ बुधबार १७:६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – कास्की जिल्ला अदालतमा हिजाे मङ्गलवार राति तोडफोड भएको छ । अदालतको ६ नम्बर इजलासको ढोका फोडिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतका सूचना अधिकारी निल पनेरुले जानकारी दिनुभयाे । घटनाबारे अनुसन्धान सुरु भएको छ । 

बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्, पनेरुले भन्नुभयाे, नयाँ भवन भएकोले सीसीटीभी क्यामेरा राखिएको छैन । घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन ।

प्रहरीले मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसिस चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यसबारेमा कर्मचारीले छानबिन गरिरहेका छन् । 

तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको प्रहरीले जनाएको छ । त्यही रडकाे फिङ्गर प्रिन्ट हेरेर अनुसन्धान अघि बढाइएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया