चीनमा दुर्घटना भएकाे हवाईजहाजकाे 'ब्ल्याक बक्स' भेटियाे

 चैत ९, २०७८ बुधबार १७:३१:३२ | एजेन्सी
unn.prixa.net

हवाईजहाज दुर्घटना भएकाे क्षेत्र, तस्बिर : एजेन्सी

चीनमा गएकाे साेमवार दुर्घटना भएकाे हवाईजहाजकाे ब्ल्याक बक्स आज बुधवार भेटिएको सिन्ह्वाले जनाएकाे छ । दुर्घटना भएकाे हवाईजहाजकाे दुईटामध्ये एउटा ब्ल्याक बक्स भेटिएकाे हाे ।

एक सय ३२ जना यात्रु यात्रु बोकेको हवाईजहाज दक्षिण–पश्चिम चीनमा गएकाे साेमवार दुर्घटना भएकाे थियाे । बोइङ ७३७ हवाईजहाज चीनको गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण क्षेत्रमा दुर्घटना भएकाे थियाे । 

दुर्घटनालगत्तै उद्धारकर्ताहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरूले आज मात्रै हवाईजहाजकाे ब्ल्याक बक्स फेला पारेका छन् । 

हवाईजहाज दुर्घटना हुनुमा मौसमसम्बन्धी कारण नभएको पनि सरकारी अधिकारीहरूले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले पनि औपचारिक र आधिकारिक रूपमा घटनाकाे बारेमा विस्तृत जानकारी दिएका छैनन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया