काेराेनाले हिमाली देशहरूमा ठूलाे आर्थिक समस्या परेकाे छ : प्रधानमन्त्री देउवा

 चैत ९, २०७८ बुधबार १७:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरूमा ठूलो आर्थिक समस्या परेको बताउनुभएको छ । 

आज बुधवार काठमाण्डाैकेा चन्द्रागिरिमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रियस्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरूको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘कोभिड–१९ महामारीले हामी सबैलाई पिरोलेको छ । यसले हिमाली देशहरूको अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ । अब नेपालसहितका हिमाली देशहरूले गुमेको अर्थतन्त्र फेरि पाउनलाई अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थन आवश्यक पर्छ । रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पूर्वाधारहरूको विकास सुनिश्चित गर्न आवश्यक छ, अध्ययनबाट पहाडी क्षेत्रहरूमा विश्वव्यापी रूपमा तापमान बढेको पाइएको छ भने औसतभन्दा धेरै छिटो न्यानो हुँदै आएको छ । दिगो पर्वतीय विकासको एजेन्डा नेपालका लागि सधैँ प्राथमिकताको विषय छ, हामीले यसको पक्षमा बेला–बेलामा आवाज पनि उठाएका छौँ, हामीले यही पर्वतीय अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मुस्ताङमा 'माउन्टेन एड्भोकेसी समिट' गर्न लागेका छौँ ।’

प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविष्य सुरक्षित गर्नका लागि विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेको भन्दै त्यसको पक्षमा तत्काल कदम चाल्न आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले पर्वतीय मुद्दाहरूलाई समाधान गर्न पहाडी देशहरूबीच छलफल हुन आवश्यक रहेको पनि बताउनुभयो । 

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको दुई दिने सम्मेलनमा विभिन्न १३ देशका दुई सय जनाको सहभागिता छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया