नेविसङ्घ र तरुण दलको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पा र विद्वान गुरुङ नियुक्त

 चैत ९, २०७८ बुधबार १९:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र नेपाल तरुण दल केन्द्रीय तदर्थ समितिका अध्यक्ष नियुक्त गर्नुभएको छ ।

देउवाले नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान् गुरुङलाई नियुक्त गर्नुभएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएकाे फागुन ३ गतेको बैठकको निर्णयअनुसार पार्टीको विधान बमोजिम दुवै भ्रातृ संस्थाको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा शेर्पा र गुरुङलाई नियुक्त गर्नुभएको हाे ।

तदर्थ समितिका अध्यक्षहरूले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चुनावकाे अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र सङ्गठनकाे अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया